बंगलादेशको मोदीलाई पठायो आँप

काठमाडौँ । बंगलादेशको अन्तरिम सरकारका प्रमुख प्रोफेसर मुहम्मद युनुसले भारतलाई एक हजार किलो ‘हरिभंगा’ प्रजातिको आँप पठाएका छन् । यी आँपहरू प्रधानमन्त्री मोदी, भारतीय कूटनीतिज्ञ र अन्य अधिकारीहरूलाई उपहार दिइनेछ ।

भारतसँग सम्बन्ध सुधार गर्ने प्रयासमा बंगलादेशको यो पहललाई ‘आँप कूटनीति’ भनिएको छ । यस अन्तर्गत, अन्तरिम सरकारले केन्द्र सरकारलाई मात्र नभई पश्चिम बंगालका मुख्यमन्त्री ममता बनर्जी र त्रिपुराका मुख्यमन्त्री माणिक साहालाई पनि हरिभंगा आँप पठाएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । यी आँपहरू ६० वटा बक्समा प्याक गरेर अखौरा भूमि बन्दरगाहबाट पठाइएको बताइएको छ । ‘हरिभंगा’ बंगलादेशमा एक प्रिमियम आँप मानिन्छ । यसको गुणस्तर धेरै राम्रो मानिन्छ।

बंगलादेशी पत्रिका डेली सनको रिपोर्ट अनुसार, बंगलादेशले यी आँपहरू सद्भावनाको प्रतीकको रूपमा पठाइएको बताइएको छ । बंगलादेशबाट भारतमा आँप पठाउने यो परम्परा नयाँ होइन। पहिलेका सरकारहरूले पनि भारतमा आँप पठाउँदै आएका थिए । यस पटक यो कदमलाई विशेष मानिएको छ किनभने गत वर्ष विद्यार्थीहरूको नेतृत्वमा ठूलो प्रदर्शन पछि प्रधानमन्त्री शेख हसिनाले सत्ता छोड्नु परेको थियो ।

उनलाई हटाइएपछि भारत र बंगलादेशको सम्बन्धमा केही दूरी आएको थियो, किनभने हसिनालाई भारतको नजिक मानिन्थ्यो। यस्तो अवस्थामा यो परम्परालाई निरन्तरता दिइने वा बन्द हुने भन्ने प्रश्न उठिरहेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *