कालीगण्डकी नदीमा बेलिब्रिज जडान

मुस्ताङ । घरपझोङ गाउँपालिका–१ र २ लाई जोड्ने कालीगण्डकी नदीमाथि बेलिब्रिज निर्माण सम्पन्न भएको छ।

दुई वर्षमा सम्पन्न भएको उक्त पुलले घरपझोङ–१ स्थित छैरो र चिमाङ गाउँका बासिन्दालाई ठूलो राहत मिलेको छ। बेलिब्रिज निर्माणका लागि संघीय विशेष अनुदानबाट १ करोड ९७ लाख र गाउँपालिकाबाट ९० लाख रुपैयाँ लगानी गरिएको थियो। कुल लागत २ करोड ८७ लाख २६ हजार रुपैयाँ रहेको सबइन्जिनियर राजन कँडेलले जानकारी दिए। रविचक्र निर्माण सेवाले निर्माणको ठेक्का पाएको उक्त बेलिब्रिजको लम्बाइ ४२ मिटर र चौडाइ ४.२० मिटर रहेको छ।

राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक राजमार्ग नजिकै हुँदाहुँदै पनि कालीगण्डकी पारिको छैरो र चिमाङ गाउँ ओझेलमा परेको वडाध्यक्ष आशबहादुर थकालीले बताए। पुल बनेपछि स्थानीय किसानको आउजाउ सहज भएको र कृषि उत्पादन ओसारपसारमा समेत सहजता आएको उहाँको भनाइ छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *