टेस्ला आधिकारिक रूपमा भारतमा प्रवेश
काठमाडौँ । एलन मस्कको प्रसिद्ध विद्युतीय कार निर्माता टेस्ला आधिकारिक रूपमा भारतमा प्रवेश गरेको छ ।
मंगलबार, मुम्बईको बीकेसीमा टेस्लाको पहिलो शोरूम सुरु गरिएको हो । टेस्लाको शोरूम मुम्बईको बान्द्रा कुर्ला कम्प्लेक्सको मेकर म्याक्सिटी मलमा खुलेको हो । टेस्लाले अहिले भारतमा कारहरू उत्पादन भने गर्ने छैन । टेस्लाले भारतमा केहि महिना अघि अघि नै कर्मचारीहरू भर्ती गर्न थालेको थियो, त्यसपछि टेस्ला भारतीय बजारमा प्रवेश गर्ने बारे छलफल सुरु भएको थियो ।
टेस्लाका सीईओ मस्कले पनि पहिले भारतमा लगानी गर्ने इच्छा व्यक्त गरिसकेका छन्, तर उनले भारतमा लगाइएको उच्च आयात करलाई सबैभन्दा ठूलो समस्याको रूपमा उल्लेख गरेका थिए । यद्यपि, भारत सरकारले हालै नयाँ ईभी नीति घोषणा गर्दै विश्वव्यापी ईभी कार निर्माताहरूलाई धेरै सुविधाहरू र कम आयात कर प्रदान गरेको छ । यस्तो अवस्थामा, टेस्लाले आगामी समयमा भारतमा ईभी निर्माणको क्षेत्रमा पनि प्रवेश गर्न सक्ने सम्भावना रहेको छ ।
टेस्लाले भारतमा विश्वमै सबैभन्दा धेरै बिक्री हुने इलेक्ट्रिक एसयूभी मोडल वाई भारतमा लन्च गरेको बताइएको छ ।