पेट्रोल र डिजेलको घट्यो मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोल प्रतिलिटरमा पाँच रुपैयाँ र डिजेल,मट्टितेलमा १ रुपैयाँ मूल्य घटाएको हो । इन्डियन आयल कर्पोरेशनबाट ३१ असारमा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार मूल्य घटाइएको निगमले जनाएको छ ।

यसअघि पेट्रोल प्रतिलिटर १६५ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १४९ रुपैयाँ थियो । परिवर्तित मूल्यसूची अनुसार अब पेट्रोल प्रतिलिटर १६० रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १४८ रुपैयाँ कायम भएको छ । सार्वजनिक नयाँ मूल्य आज राति १२ बजेदेखि लागू हुने निगम सञ्चालक समिति बैठकको निर्णय छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *