भिजिट भिसामा स्पेन गएकाहरूबारे छानबिन गर्न समिति गठन

काठमाडौं । स्पेनको सेभिलामा भएको संयुक्त राष्ट्रसंघीय सम्मेलनमा असम्बन्धित व्यक्तिहरूलाई लैजाने गिरोहको छानबिन गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले समिति गठन गरेको छ ।

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) होविन्द्र बोगटीको नेतृत्वमा मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रहरी उपरीक्षक (एसपी) रुगम कुँवरसहित ६ सदस्यीय समिति बनाइएको हो । सीआईबी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) चन्द्रकुवेर खापुङका अनुसार, सञ्चारमाध्यममा आएका विवरणहरूको जाँच गर्न सीआईबी र मानव बेचबिखन अनुसन्धान ब्यूरोको संयुक्त टोलीलाई जिम्मेवारी दिइएको छ ।

सोमबार दिउँसो गृहमन्त्री रमेश लेखकले बोलाएको बैठकमा यो विषयमा प्रहरीमार्फत छानबिन अघि बढाउने निर्णय भएको थियो । बैठकमा प्रहरी महानिरीक्षक दिपक थापा, सीआईबी प्रमुख खापुङ, अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजाललगायत सहभागी थिए ।

उक्त बैठकले असम्बन्धित व्यक्तिहरू सम्मेलनमा गएको हुन सक्ने निष्कर्ष निकालेको थियो । गृहमन्त्री लेखकले विस्तृत छानबिनको निर्देशन दिएका थिए । ३० जुनदेखि २ जुलाईसम्म सेभिलामा भएको सम्मेलनमा सहभागी गराउने र त्यहीँ बस्ने प्रलोभन देखाएर रकम असुलेर असम्बन्धित व्यक्तिहरूलाई विदेश पठाइएको हुन सक्ने आशङ्का गरिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *