राजीनामा दिएका मन्त्री गुप्तालाई पक्राउ गर्न माग
काठमाडौँ । राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले राजीनामा दिएका सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई पक्राउ गर्न माग गरेका छन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद शाहीले देश भ्रष्टाचारीको देश भनेर चिनिएको बताउदै गुप्तालाई पक्राउ गरेर कारवाही गर्न माग गरेका छन् । शाहीले राजीनामा मात्र गरेर घुसको अडियो प्रकरण सकिन्छ भन्दै अख्तियार लगायतका संस्थाले के गरिरहेका छन् भन्ने प्रश्न गरेका छन् ।
उनले भनेका छन्- खुलम खुला, अडियो टेप प्रकरणमा मन्त्री क्वाटरफाइनलमा पैसा दिएको , मन्त्रीले राजीनामा दिएर स्वीकृत हुन्छ । हामीले अख्तियार बनाएका छौं । अख्तियारले के हेरेर बसेको छ ? के मन्त्रीले राजीनामा दिने बित्तिकै समस्या समाधान हुन्छ ? मन्त्रीलाई तत्काल पक्राउ गरियोस् र छानबिन गरियोस् ।’