रास्वपाले विहीबार प्रेस मिट गर्ने, हस्ताक्षर अभियानदेखि उपनिर्वाचनबारे जानकारी गराउने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बिहीबार प्रेस मिट कार्यक्रमको आयोजना गरेको छ । रास्वपाका प्रवक्ता मनिष झाका अनुसार भोलि दिउँसो साढे ३ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरिएको हो ।
समसामयिक राजनीतिक घटनाक्रम, सदन बहिष्कार, हस्ताक्षर अभियान, रुपन्देही–३ उपनिर्वाचनमा उम्मेदवार चयन कार्यविधि लगायत विषयमा छलफलका लागि पत्रकार भेटघाट कार्यक्रम राखिएको उनले बताए । रास्वपाले केही हप्तादेखि पार्टी सभापति रवि लामीछानेविरुद्ध सरकारले राजनितिक प्रतिशोध गरेको भन्दै हस्ताक्षर अभियान चलाएको छ ।
जहाँ कलाकार, पत्रकार, राजनीतिक दलका नेतादेखि विभिन्न संघसंस्था र नागरिकहरुको व्यापक समर्थन पाएको छ । रास्वपाका अनुसार हालसम्म १५ लाखभन्दा बढीले हस्ताक्षर गर्दै प्रतिशोधविरुद्ध ऐक्यबद्धता जनाएको बताएको छ ।