एनआईसी एशिया बैंक र ओम हस्पिटलबीच स्वास्थ्य उपचारमा सहकार्य
काठमाडौं । एनआईसी एशिया बैंक र ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिबीच विशेष सहकार्य सम्झौता सम्पन्न भएको छ । यस सम्झौता अन्तर्गत बैंकका ग्राहकहरूले ओम हस्पिटलमा स्वास्थ्य उपचार सेवा लिँदा डिजिटल माध्यमबाट भुक्तानी गरेमा १० प्रतिशत छुट पाउने भएका छन् । सम्झौतापत्रमा एनआईसी एशिया बैंकको तर्फबाट डिजिटल पेमेन्ट इकोसिस्टम प्रमुख बिमल लम्साल र ओम हस्पिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत यमबहादुर महतले हस्ताक्षर गरेका हुन् ।
बैंकका ग्राहकहरूले डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबैंक मोबाइल एप प्रयोग गरी भुक्तानी गरेमा यो छुट सुविधा प्राप्त गर्न सक्नेछन् । एनआईसी एशिया बैंकका अनुसार, यस सहकार्यमार्फत ग्राहकहरूले गुणस्तरीय स्वास्थ्य सेवा सरल र सुलभ तरिकाले प्राप्त गर्नुका साथै, डिजिटल भुक्तानी प्रणालीप्रति जनचासो र प्रयोग बढाउन मद्दत पुग्ने विश्वास लिइएको छ ।