डिशहोम प्रयोगकर्ताका लागि डबल अफर

काठमाडौं । नेपालको अग्रणी इन्टरनेट तथा टिभी सेवा प्रदायक डिशहोमले आफ्ना ग्राहकहरूका लागि एक आकर्षक योजना सार्वजनिक गरेको छ । ल्यानिज हबसँगको सहकार्यमा कम्पनीले विश्वप्रसिद्ध ‘हाई फ्युचर’ ब्रान्डका ग्याजेटहरूमा ५० प्रतिशतसम्मको छुट दिने घोषणा गरेको हो । यो सहकार्यको मुख्य उद्देश्य ग्राहकहरूलाई प्रविधिमैत्री जीवनशैलीमा प्रोत्साहित गर्नु रहेको कम्पनीले जनाएको छ । यो विशेष छुट प्राप्त गर्न ग्राहकहरूले डिशहोमको इन्टरनेट वा टिभी सेवा न्यूनतम ३, ६, १२ वा २४ महिनाका लागि सब्स्क्राइब वा रिचार्ज गर्नुपर्नेछ । यो प्रक्रिया पूरा गरेपछि ग्राहकहरूले आधा मूल्यमा हाई फ्युचरका स्मार्ट ग्याजेटहरू खरिद गर्न पाउनेछन्।
सोनिक एयर एयरबडको बजार मूल्य ३ हजार ४ सय ९९ रहेकोमा अब १ हजार ७ सय ४९ रुपैयाँमै पाउन सकिने छ । यस्तै, जोन २ स्मार्टवाचको बजार मूल्य ५ हजार ४ सय ९९ रहेकोमा अब २ हजार ७ सय ४९ रुपैयाँ तथा भोकल स्पिकरको बजार मूल्य ८ हजार ९ सय ९९ रहेकोमा अब ४ हजार ४ सय ९९ रुपैयाँमै खरिद गर्न पाउनेछन्। डिशहोमले भनेको छ, ‘ल्यानिज हबसँगको सहकार्यमार्फत हामीले विश्वस्तरीय हाई फ्युचर उत्पादनहरू नेपाली ग्राहकहरूका लागि किफायती मूल्यमा उपलब्ध गराउन पाएका छौं। यो केवल अफर होइन, डिजिटल जीवनशैलीलाई आत्मसात गर्ने एउटा अवसर हो ।’ कम्पनीका अनुसार यो योजना डिशहोमका नयाँ तथा पुराना दुवै ग्राहकका लागि लागू हुनेछ। यसका साथै, खरिदमा थप १५ प्रतिशत छुट पाउनका लागि प्रोमो कोड ‘CHILLFI15’ प्रयोग गर्न सकिने पनि कम्पनीले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *