राजेन्द्र बस्नेतको निर्देशनमा चलचित्र ‘किस्ने कहाँ छ ?’ को औपचारिक घोषणा

काठमाडौँ । नेपाली चलचित्र उद्योगमा दैनिक नयाँ नयाँ चलचित्रको घोषणा भइरहेका बेला निर्देशक राजेन्द्र बस्नेतको निर्देशनमा नयाँ कमेडी जनरामा चलचित्र ‘किस्ने कहाँ छ ?’ को औपचारिक घोषणा गरिएको छ ।

चलचित्रको थिम पोस्टर सार्वजनिक गर्दै निर्माण पक्षले चलचित्रको घोषणा गरेको हो । थिम पोस्टरमा एउटा गाडी हिलो बाटोमा रोकिएर बाटोमा काम गर्दै गरेको मान्छे संग कुरा गर्दै गरेको देख्न सकिन्छ। यस चलचित्रको कथा, पटकथा र संवाद लेखक विनय राज पौडेलले तयार पारेका छन्। ग्रीन प्यारोट्स फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण हुने यस चलचित्रमा हेमन्त बस्नेतको लगानी रहेको छ भने, कार्यकारी निर्माता इश्वर वल्लव उप्रेती रहेका छन्।

निर्देशक बस्नेतका अनुसार चलचित्रको छायांकन छिट्टै सुरु हुनेछ । चलचित्रका लागि कलाकारहरूको टुंगो भने अझै लागिसकेको छैन, कलाकार छनोटको कार्य भइरहेको निर्माण टिमले सत्याग्रह अनलाइनलाई जानकारी दिएको छ । कमेडी जनरामा आधारित ‘किस्ने कहाँ छ ? ’ ले नेपाली समाजको गहिरो चित्रण गर्ने अपेक्षा गरिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *