वामदेव गौतम नेतृत्वको पार्टी र एकीकृत समाजवादीबीच एकता घोषणा 

काठमाडौँ । वामदेव गौतम नेतृत्वको नेकपा राष्ट्रिय एकता अभियान र नेकपा (एकीकृत समाजवादी) बीच एकता घोषणा भएको छ। 

शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमबीच दुई पार्टीबीच एकता घोषणा भएको हो। समारोहमा नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष गौतमले एकीकृत समाजवादीमा समाहित भएको घोषणा गरेका थिए । एकीकृत समाजवादीमा गौतमलाई वरिष्ठ नेताको जिम्मेवारी दिने त्यतिबेलै सहमति भएको थियो । सोहीअनुसार आज सभागृहमा एकता घोषणा भएको हो। 

एकीकृत समाजवादीसँग समाहित हुन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता गौतमले नेपालीहरू मागेर नभइ संसारलाई पाल्नसक्ने अवस्थामा पुग्ने दाबी गरे । उनले आफू ४ वर्ष अघि नै एकीकृत समाजवादीमा आएको भए अहिलेसम्म समाजवाद सुरु भइसक्ने जिकिर गरे । पार्टी एकीकरण हुँदा ज्यादै खुसी भएको उनले बताए ।

गौतमलाई एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, सम्मानित नेता लगायत नेताहरूले स्वागत गरेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *