सहकारी प्राधिकरणका अध्यक्ष डा.शर्मालाई महासंघको बधाई

काठमाण्डौं । राष्ट्रिय सहकारी महासंघले राष्ट्रिय सहकारी नियमन प्राधिकरणका नवनियुक्त अध्यक्ष डा. खगराज शर्मालाई एक कार्यक्रमबीच शुभकामना तथा बधाई ज्ञापन गरेको छ । महासंघकी अध्यक्ष ओमदेवी मल्लले डा. शर्मालाई सफल कार्यकालको शुभकामना दिँदै, सहकारी अभियानको मूल भावना, मूल्य–मान्यता र सिद्धान्तहरूलाई आत्मसात गर्दै नियमन प्रणालीलाई प्रभावकारी रूपमा अगाडि बढाउने अपेक्षा गरिन् । मल्लले प्राधिकरणका अध्यक्ष डा। शर्माबाट सहकारी क्षेत्रमा देखा परिरहेका विविध चुनौतीहरूको समाधानमा मार्गदर्शन र नेतृत्व प्रदान हुने विश्वास व्यक्त गरिन् ।

सो क्रममा डा. शर्माले सहकारी अभियानसँग समन्वय र संवादमा आधारित भएर राय–सुझाव लिँदै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । उनले सहकारी संस्थाहरूमा शुशासन कायम गर्न अनसाइट (स्थलगत) तथा अफसाइट –अनलाईन प्राप्त प्रतिवेदनमार्फत) नियमन प्रणालीलाई सुदृढ गर्दै प्राधिकरणको काम प्रभावकारी बनाइने जानकारी दिए । उनले भने ‘नियमन मित्रवत् तर प्रभावकारी हुन्छ । संस्थाहरूलाई चल्न सक्ने वातावरण दिनुका साथै उत्तरदायी बनाउने हाम्रो मूल उद्देश्य हुनेछ ।’ बधाई तथा शुभकामना कार्यक्रममा महासंघका उपाध्यक्ष डिवी बस्नेत, सञ्चालक सदस्यहरू कोशीचन्द्र बराल, हरिहरनाथ योगी, सुमन नेपाल र महासंघका कायम मुकायम महाप्रबन्धक गोपीकृष्ण भण्डारीलगायत कर्मचारीहरुको उपस्थिति थियो । सरकारले हाल सहकारी क्षेत्रमा देखा परिरहेका संरचनागत समस्या, पारदर्शिताको कमी, तथा संस्थागत कमजोरीहरूको दीर्घकालीन समाधानका लागि राष्ट्रिय सहकारी नियमन प्राधिकरणको स्थापना गरेको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *