काठमाडौंसहित यी जिल्लाका नदी र खोलामा बाढीको जोखिम
काठमाडौं । देशका विभिन्न जिल्लाका नदी तथा खोलामा आज बाढीको जोखिम रहेको छ । जल तथा मौमस विज्ञान विभागका अनुसार इलाम, झापा, मोरङ, सुनसरी, ताप्लेजुङ, संखुवासभाका नली तथा खोलामा आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना रहेको छ ।
पाँचथर, तेह्रथुम, भोजपुर, धनकुटा, खोटाङ, काठमाडौं, ललितपुर, भक्तपुर र आसपासका जिल्ला भएर बहने स–साना नदी तथा खोलामा बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना रहने पूर्वानुमान रहेको विभागले जनाएको छ ।