रास्वपा पुग्यो निर्वाचन आयोग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निर्र्वाचन आयोग पुगेको छ । नेताहरु पदाधिकारी हेरफेरको अद्यावधिक नभएकोप्रति ध्यानाकर्षण गराउन निर्वाचन आयोग पुगेका छन् ।

महामन्त्री कविन्द्र बुर्लाकोटीसहित कानुन विभागका नेताहरु आइतबार कान्तिपथस्थित निर्वाचन कार्यालय पुगेका हुन् । रास्वपाका नेताहरुले निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई भेटेर छलफल गरेका छन् ।

महामन्त्री बुर्लाकोटीले निर्वाचन आयोगले पदाधिकारी हेरफेरमा विलम्ब गरेको बुझ्न आएको जानकारी गराए । असार ७ गते रास्वपाले महामन्त्री बुर्लाकोटी र प्रवक्ता मनिष झालाई बनाउने निर्णय गरेको थियो । तर पार्टीको निर्णयलाई चुनौती दिँदै पूर्व महामन्त्री डा।मुकुल ढकालले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् । उनले आफू नै रास्वपाको महामन्त्री रहेको दाबी गर्दै आएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *