एमालेको सदस्य संख्या साढे ६ लाख बढी

काठमाडौँ । नेकपा एमालेको सदस्य संख्या साढे ६ लाख नाघेको छ ।

केन्द्रीय कमिटी बैठकमा महासचिव शंकर पोखरेलले नवीकरणबाहेक थप २८ प्रतिशतले सदस्य संख्या वृद्धि भएको जानकारी दिए । एमाले पोलिटब्युरो सदस्य विशाल भट्टराईका अनुसार संगठन विभाग प्रमुख काशिनाथ अधिकारीले सबै विवरण नआए पनि हालसम्म ६ लाख ५० हजार सदस्य संख्या कटेको बताएका छन् ।

यसअघि अघिल्लो वर्ष एमालेको सदस्य संख्या साढे ५ लाख थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *