एमाले केन्द्रीय कमिटी बैठकमा विधान संशोधन र संगठनात्मक प्रतिवेदन पेश
काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा विधान संशोधन र संगठनात्मक प्रतिवेदन पेश भएको छ ।
आजबाट सुरु भएको बैठकमा उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रतिवेदन पेस गरेका हुन् भने महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन पेश गरेका हुन् । पार्टीका पोलिटब्युरो सदस्य सूर्य थापाका अनुसार, बैठकमा अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिबारे ब्रिफिङ गरेका थिए ।
बैठकमा उनले माओवादी केन्द्रसँग एकता गरेयता कम्युनिष्ट आन्दोलनमा देखा परेको समस्या, माधव नेपाल–झलनाथ खनाल लगायतका नेताहरूले दिएको धोका लगायतका विषयमा ब्रिफिङ गरेका हुन् ।