कुलिङ अफ पिरियडमा भएको गडबडीको जिम्मा सभापतिले लिनुपर्छ- मुख्यसचिव अर्याल

काठमाडौं । कुलिङ अफ पिरियडमा भएको गडबडीको जिम्मा संसदीय समितिका सभापति र समिति सचिवालयले दिनुपर्ने मुख्यसचिव एकनारायण अर्यालले बताएका छन् ।

गडबडीको छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिको बैठकमा उनले विधेयक सच्याउन कर्मचारीको कुनै भूमिका नहुने जिकिर गरे । ‘विधेयक सच्याउनमा कर्मचारीको कुनै भूमिका हुँदैन,’ उनले भने, ‘यसको सम्पूर्ण जिम्मा संसदीय समितिका सभापति र समिति सचिवालयले लिनुपर्छ।’ कुलिङ अफ पिरियडमा बदनियत राखेर कसैले काम गरेको होलाजस्तो नलागेको उनले बताए । उनले थपे यो मानवीय त्रुटि भएको हुन सक्छ ।

प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिबाट निजामती विधेयक पारित हुँदा गडबडी भएको भन्दै संसदीय छानबिन समिति गठन भएको छ । हाल समितिले अनुसन्धान गर्दैछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *