पानीजहाजमा आगलागी हुँदा तीन जनाको मृत्यु, ५ सय बढीको उद्धार
इन्डोनेसियाको सुलावेसी टापुमा एक पानीजहाजमा आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ भने ५ सय भन्दा बढीको उद्धार गरिएको अधिकारीहरूले सोमबार बताएका छन् ।
इन्डोनेसियाली तट रक्षकका अनुसार केएम बार्सिलोना–५ को जहाजमा आइतबार आगलागी भएको थियो । पानीजहाजमा भएको आगलागीपछि भएको उद्धार प्रक्रिया अझै पनि जारी रहेको छ । अरियान्तोका अनुसार दुई पानीजहाज, केही डुङ्गाहरू उद्धारका लागि तैनाथ गरिएको छ ।