स्वास्थ्य मन्त्रालयको एक वर्षमा हासिल गरेका उपलब्धिहरू सार्वजनिक

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालै सम्पन्न पत्रकार सम्मेलनमार्फत विगत एक वर्षमा हासिल गरेका उल्लेखनीय उपलब्धिहरू सार्वजनिक गरेको छ।

मन्त्री महेन्द्र राय यादवको नेतृत्वमा मन्त्रालयले सेवा विस्तार, पूर्वाधार निर्माण, कानुनी सुधार, डिजिटल प्रणाली र बीमा क्षेत्रको सुदृढीकरण जस्ता क्षेत्रमा महत्वपूर्ण प्रगति गरेको जनाएको छ। प्रमुख उपलब्धिहरूमा ११३ अस्पतालहरूको निर्माण, ७५१ विशेषज्ञ चिकित्सकको खटाइ, ८ रोगमा २ लाखसम्मको बीमा सुविधा, १४ वर्षमुनिका बालबालिकाका लागि क्यान्सर उपचार निःशुल्क, र  निरोगी नेपाल अभियानू अन्तर्गत विविध जनस्वास्थ्य कार्यक्रमहरूको सञ्चालन उल्लेखनीय छन्।

मन्त्रालयले संघीय प्रणालीमा तीन तहका सरकारबीच समन्वय मजबुत पार्दै सेवा वितरणमा सुधार ल्याएको छ। डिजिटल स्वास्थ्य प्रणाली,हेलो स्वास्थ्य हटलाइन जस्ता पहलमार्फत प्रविधिमैत्री सेवा प्रवाह भइरहेको जानकारी दिइएको छ। मन्त्री यादवले सञ्चारकर्मी, स्वास्थ्यकर्मी, साझेदार संस्थाहरू तथा आम नागरिकप्रति कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा थप सुधार र प्रभावकारी सेवा वितरण सुनिश्चित गरिने प्रतिवद्धता जनाए।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *