एमालेको केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक जारी
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकको दोस्रो दिनको बैठक शुरु भएको छ ।
ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यलयमा सोमबारदेखि शुरु भएको बैठक आज सकिदै छ । यस बैठकले उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले प्रस्तुत गरेको विधान संशोधन र सांगठनिक राजनीतिक प्रस्ताव स्वीकृत गर्ने छ । त्यस्तै यस बैठकले पुर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिमा पुनरागमन गर्ने विषयमा निर्णय लिने बताइएको छ ।
बैठकमा अहिलेसम्म बोल्ने केन्द्रीय सदस्यहरुले सहमति जनाएको र पूर्वराष्ट्रपति भण्डारीको विषयलाई गम्भीरताका साथ लिदै नेतृत्वले राजनीतिक निर्णय गर्न सुझाव दिएका छन् ।