सिनेमा ‘रिमै’ को टिजर सार्वजनिक

काठमाडौं । नेपाली सिनेमा ‘रिमै’ को टिजर सार्वजनिक गरिएको छ ।

आज (मंगलबार) सिनेमाको करिब २ मिनेट लामो टिजर सार्वजनिक निर्माण टिमले सार्वजनिक गरेका छ । यसअघि भदौ २७ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको सिनेमा अब भदौ २० गतेबाट देशव्यापी प्रदर्शनमा आउने भएको छ । सिनेमाको यो टिजरले एक रहस्यमय, रोमाञ्चक र भावनात्मक कथा प्रस्तुत गर्ने संकेत गरेको छ । टिजरमा ग्रामीण परिवेश, संस्कृति, प्रेम, पीडा र बदला मिसिएको कथावस्तु झल्काइएको छ । दयाहाङ राईको गम्भीर भूमिका, रिश्मा गुरुङको आत्मीय उपस्थिति, अर्पण थापाको रहस्यमय चरित्र र बुद्धि तामाङको गहिरो अभिनयले दर्शकको ध्यान खिच्न सफल भएको देखिन्छ ।

विशेष गरी सिनेमाको पछाडी राखिएको धुनले सिनेमा अझ गम्भीर र विशेष रहेको अनुमान लगाउन सकिन्छ । गुरुङ संस्कारलाई विशेष रुपमा प्रस्तुत गरिएको टिजरले सिनेमाप्रति दर्शकमाझ उत्साह पैदा गर्ने विश्वास निर्माण टिमको छ ।गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्म्स् प्रालीको प्रस्तुती र रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको सिनेमामा गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरवल घले, डिवी गुरुङ, टेक गुरुङ र बालकलाकार असिम सुब्बा, प्रेस्टु गुरुङ र प्रश्ना राना मगर लगायतको अभिनय रहेको छ ।

रिमैको टिजर

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *