हिमालयन लाइफमा बिमल–रबिन्द्र र सूर्य प्रसाद बने उत्कृष्ट अभिकर्ता

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीका अभिकर्ताहरुले गत आर्थिक वर्षमा आक्रामक तरिकाले जीवन बीमा व्यवसाय गर्न सफल भएका छन् । कम्पनीमा अभिकर्ताहरुले लाखौँ मानिसहरुको बीमा गरी जीवन रक्षावरण गर्न सफल भएका हुन् । कम्पनीमा देशैैभरीबाट सहभागीहरुलाई उछिन्दै नेपालगंजका बिमल ढकाल, रबिन्द्र तिमल्सीना र सूर्यप्रसाद बराल सर्वोत्कृष्ट अभिकर्ता बन्न सफल भएका छन् । कम्पनीमा आवद्ध भई बीमा व्यवसाय सञ्चालन गरिरहेका हजारौ अभिकर्ताहरुमध्ये नेपालगंजका बिमल ढकालले व्यक्तिगत कोडमा सबैलाई पछी पार्दै नेपाल टप अभिकर्ता बन्न सफल भएका छन् । साथै, दोस्रो नम्बरमा चापागाँउ ब्रान्चमा आवद्ध रहेका रबिन्द्र तिमल्सीना र तेस्रो नम्बरमा लामाचौर बगर शाखाका सूर्यप्रसाद बराल पर्न सफल भएका छन् । रातदिनको मिहिनेत, समय व्यवस्थापन र कडा परिश्रमका कारण आर्थिक वर्ष २०८१–८२ का अभिकर्ताहरुले करोडौंको व्यवसाय गरी ऐतिहासिक सफलता हासिल गरेका हुन् । हिमालयन लाइफ इन्स्योरेन्सको नेपालगंज शाखा कार्यालयमा आवद्ध भई जीवन बीमा व्यवसाय गर्दै आएका अभिकर्ता बिमल ढकालले व्यक्तिगत कोडबाट एक करोड ६४ लाख ३९ हजार रुपैयाँको कारोबार गर्न सफल भएका छन् ।

उक्त रकम यस वर्षका सम्पूर्ण अभिकर्ताहरुको व्यवसायको तुलनामा सबैभन्दा बढी रहेको छ । कम्पनीमा अत्यन्तै मिहिनेती तथा अनुभवि अभिकर्ताको परिचय बनाएका बराल बिगत १४ वर्षदेखि यस पेशामा आवद्ध रहेका छन् । पाँचौ पटक नेपाल टप र लगातार १० पटक एमडीआरटी लक्ष्य प्राप्त गरेका बरालले हिमालयन लाइफमा ऐतिहासिक रेकर्ड कायम गर्न सफल भएका छन् । नेपाल टपर बनेका अभिकर्ता ढकालले भने, ‘सफल अभिकर्ता बन्न कलासँगै योजना पनि चाहिन्छ । कुनै पनि बीमितलाई बीमा गर्न प्रस्ताव गर्दै गर्दा बीमितको रोजाइलाई पनि ध्यान दिनुपर्ने हुन्छ । यसका साथै उमेर अनुसारको पोलिसी दिएमा बीमितले सोचे अनुरुपको प्रतिफल हात पर्ने गर्दछ । जसले अभिकर्ताप्रतिको विश्वास झन बढ्दै जाने गर्छ। पछिल्लो समय नेपालमा फोर्सफुल्ली बीमा गराउने प्रचलन बढ्दो छ । यदि अभिकर्ताले फोर्सफुल्ली बीमा गराउँदै गर्दा बीमितको शिरको भार अनुसारको बीमा गराएमा सफल हुने उनी बताउँछन् । हजारौ अभिकर्ताहरुमध्ये दोस्रो स्थान हासिल गर्न सफल भएका चापागाँउ शाखा कार्यालयमा आवद्ध भई बीमा व्यवसाय गर्दै आएका रबिन्द्र तिमल्सीना निकै सक्रिय र क्षमतावान अभिकर्ताको रुपमा परिचित छन् । तिमल्सीनाले आर्थिक वर्ष २०८१–०८२ को असार मसान्तसम्ममा व्यक्तिगत कोडबाट एक करोड १४ लाख ९३ हजार रुपैयाँको व्यवसाय गर्न सफल भएका छन् ।

हिमालयन लाइफमा उत्कृष्ट दोस्रो स्थानमा पर्न सफल भएका तिमल्सीनाले भने, ‘बीमा मेरो प्रतिज्ञा हो — यो केवल सुरक्षा होइन, यो परिवारमा आशा पुर्‍याउने मेरो मानव सेवा हो, जहाँ म हरेक विपत्तिमा विश्वासको विश्वासि साथी बन्छु । त्यस्तै, हिमालयन लाइफ इन्स्योरेन्सको लामाचौर बगर शाखा कार्यालयमा आवद्ध रहेका सूर्य प्रसाद बरालले आफ्नो व्यक्तिगत कोडबाट एक करोड चार लाख ९५ हजार रुपैयाँको कारोबार गर्न सफल भएका छन् । पोखरा लगायत देशका विभिन्न स्थानमा उपस्थित भएर बीमा मानिसको जीवनको एक महत्वपूर्ण योजना बनाउन आवश्यक रहेको भन्दै बीमा सचेतना समेत फैलाउँदै आएका छन् । ‘हरेक मानिसलाई आफ्नो भविष्यको लागि सधै सतर्क रहन बीमा योजना चाँही एकदमै जरुरी रहेको छ । यसले मानिसलाई आइपर्ने सबैखाले समस्याबाट सुरक्षा प्रदान गर्दछ । बरालले भने । उनले यो वर्षदिनको अवधिमा धेरै मानिसलाई भेटियो, कतिपयले भन्ने वित्तिकै गरे, कतिपयले समय आएपछि गरे, राम्रो तरिकाले सम्झाई बुझाई गरेपछि सबैले बीमा गर्ने गरेको बताए । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीमा हजारौ बीमा अभिकर्ताहरुले जीवन बीमा व्यवसाय गर्दै आएका छन् । कम्पनीले विभिन्न समयमा अभिकर्ताहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले क्षमता अभिवृद्धि तथा तालिमहरु पनि सञ्चालन गर्दै आएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *