नेपाली बजारमा बढ्यो सुनको मूल्य

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको भाउ २ हजार १०० रुपैयाँले बढेसँगै २ लाख नजिक पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला १ लाख ९७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलामा ३० रुपैयाँले बढेको हो।

बुधबार चाँदी प्रतितोला २ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ। नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *