राजेन्द्र लिङ्देनको एकल निर्णय फेरि विवादमा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र अध्यक्ष राजेन्द्र लिङ्देनको एकल निर्णय शैली फेरि विवादमा परेको छ।

अनुशासन समिति संयोजक र उपाध्यक्ष हटाउने उनको निर्णयमाथि असन्तुष्ट पक्ष निर्वाचन आयोग पुगेपछि आयोगले राप्रपासँग आधिकारिक स्पष्टिकरण मागेको छ। लिङ्देनले अनुशासन समितिको संयोजकमा रोशन कार्कीलाई ल्याउँदै पुराना संयोजकलाई हटाए। त्यतिमात्र होइन, उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई समेत पदमुक्त गरिए, जसले गिरी पक्षीय नेताहरूलाई थप असन्तुष्ट बनाएको छ।

साथै, प्रवक्ता सगुन लावती पनि लिङ्देनको क्लीन स्वीप अभियानको चपेटामा परे । २९ असारमा असन्तुष्ट पक्ष निर्वाचन आयोग पुगेपछि अब लिङ्देनको एकपक्षीय निर्णयमाथि कानुनी जाँच सुरु भएको छ। राप्रपाका कोषाध्यक्ष निलकण्ठ काफ्लेले आयोगबाट पत्र आएको पुष्टि गरेका छन् । आफूहरूमाथि विधान विपरीत कारबाही गरेको भन्दै नेताहरूले निर्वाचन आयोग गुहारेका छन् ।

उनीहरूले लिखित निवेदन दिएपछि आयोगले राप्रपामा पत्राचार गरेको आयोगकी प्रवक्ता सीता पोखरेलले जानकारी दिइन् । राप्रपाका महामन्त्री राजेन्द्र गुरुङले पनि पत्र आएको पुष्टि गरे ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *