भाटभटेनीमा थाइ महोत्सव, परराष्ट्रमन्त्री राणाले गरिन् उद्घाटन

काठमाडौं । टंगालस्थित भाटभटेनी सुपरमार्केट्समा थाइ महोत्सव आयोजना गरिएको छ । महोत्सवको शुक्रबार बिहान परराष्ट्रमन्त्री आरजू राणा देउवाले उद्घाटन गरेकी हुन् । उद्घाटन गर्दै परराष्ट्रमन्त्री राणाले नेपाल र थाइल्यान्डबीचको सम्बन्धका बारेमा प्रष्ट पारेकी थिइन् । उनले आफू जतिपल्ट थाइल्यान्ड पुगे पनि नयाँ नयाँ तरिकाले विकास भइरहेको उल्लेख गर्दै दुई देशबीचको सम्बन्ध यस्ता महोत्सवले थप बलियो बनाउने बताइन् ।

भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले महोत्सवले नेपाल र थाइल्यान्डबीचको सम्बन्धलाई प्रगाढ बनाउन सहयोग पुग्ने बताए । थाइल्यान्डका राजदूत सुवापोङ सिरिसोर्नसहित श्रीलंका, दक्षिण कोरिया र इजरायलका राजदूतसहित विदेशी कूटनीतिज्ञको कार्यक्रममा बाक्लो उपस्थिति थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *