अमेरिकामा यात्रुवाहक विमान ठुलो दुर्घटनाबाट जोगियो
काठमाडौँ । अमेरिकाको डेन्भर अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा यात्रुवाहक शनिबार ठुलो दुर्घटना हुनबाट जोगिएको छ ।
ल्यान्डिङ गियरमा समस्या आएपछि अमेरिकन एयरलाइन्सको बोइङ ७३७ म्याक्स ८ विमानको उडान रोकिएको थियो । यस क्रममा विमानको पछाडिको भागमा आगो लाग्यो । यो उडान मियामी जाँदै थियो । यो घटना अमेरिकाको समय अनुसार दिउँसो २:४५ बजे भएको थियो। विमानमा जम्मा १७३ यात्रु र ६ जना चालक दलका सदस्य थिए । सबैलाई आपतकालीन स्लाइडहरू मार्फत बाहिर निकालिएको थियो।
दुर्घटनापछि ६ जनालाई सामान्य चोटपटक लागेको छ, जसमध्ये एक जनालाई अस्पताल भर्ना गरिएको छ । संघीय उड्डयन प्रशासन (एफएए) र एयरलाइन्सले यस विषयमा अनुसन्धान सुरु गरेका छन्।