दिगम्बर झालाई तीन लाख धरौटीमा छोड्न अदालतको आदेश

काठमाडौं । विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स खरिद अनियमिततामा मुछिएका तत्कालीन अध्यक्ष दिगम्बर झालाई तीन लाख धरौटीमा छोड्न आदेश दिएको छ । आइतबार न्यायाधीशद्वय नारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले थुनछेक बहसपछि झालाई तीन लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस( परामर्श सेवा खरिदमा अनियमितता भएको भन्दै उनीसहित १९ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ०८० साल चैत १५ गते मुद्दा दायर गरेको थियो ।
सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *