शुभकामना साकोसको बचत संकलन १ अर्ब ४० करोड ९८ लाख
भक्तपुर । शुभकामना बचत तथा ऋण सहकारी संस्थाको कुल सम्पत्ति १ अर्ब ८१ करोड ४६ लाख पुगेको छ । संस्थाले हालै प्रकाशित गरेको असार मसान्त सम्मको वित्तीय विवरण अनुसार शेयर पूँजी ११ करोड ६१ लाख पुगेको छ भने जगेडा कोषमा १६ करोड ७१ लाख रकम जम्मा भएको छ । त्यसैगरी संस्थाले त्यस अवधिमा १ अर्व ४० करोड ९८ लाख बचत संकलन गरी १ अर्व ५ करोड ८९ लाख ऋण लगानी गरेको छ ।
संस्थामा ३९.८७ प्रतिशत अर्थात ५६ करोड २१ लाख तरलता रकम रहेको छ । संस्थामा ९ हजार ८ सय ६७ शेयर सदस्य आवद्ध रहेका छन् । जसमा बाल बचतकर्ता १ हजार १ सय ८० छन् । त्यसैगरी संस्थाबाट ऋण लिने सदस्यको संख्या ६ सय ८ रहेको छ । समुदाय आधिरत भई सहकारी मूल्य, मान्यता र सिद्धान्तलाई आत्मसात गरी सञ्चालन भएकाले संस्थाप्रति सदस्यको आकर्षण बढ्दै गएको छ । संस्थाले सदस्यहरुलाई बचत तथा ऋणका साथै अन्य सेवाहरु समेत प्रदान गर्दै आएको छ ।