सुनचाँदीको मुल्य घट्यो
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा ११ सयले घटेर तोलाको एक लाख ९३ हजार ६ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको एक लाख ९४ हजार ७ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ ।
महासङ्घका अनुसार आज चाँदी तोलाको ५० रुपैयाँले घटेर २२९० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको २३४० मा कारोबार भएको थियो ।