एनआईसी एशिया बैंकका ग्राहकलाई कान्तिपुर डेन्टलमा छुट
काठमाडौं । एनआईसी एशिया बैंक र कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर (केडीसी)बीच दन्त उपचार सेवामा छुट उपलब्ध गराउने सम्झौता सम्पन्न भएको छ । यस सहकार्यअनुसार बैंकका ग्राहकले कान्तिपुर डेन्टलका विभिन्न शाखामा डिजिटल भुक्तानी गरी सेवा लिँदा १५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् । यसअन्तर्गत ग्राहकले जनरल हस्पिटल सेवामा १५ प्रतिशत, फिजिओथेरापी, आई ग्लास र जनरल डेन्टल सेवामा १० प्रतिशत तथा दाँतको विशेष उपचार सेवामा ७ प्रतिशत छुट उपभोग गर्न सक्नेछन् ।
यो सुविधा काठमाडौंको जोरपाटीस्थित केडीसी एस्थेटिक सेन्टर, पोखराको न्युरोडस्थित कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्स एण्ड डेन्टल हस्पिटल, साथै सतुंगल, भरतपुर (चितवन) र भलवारी तिलोत्तमा (बुटवल) स्थित शाखामा उपलब्ध छ । ग्राहकले बैंकको डेबिट, क्रेडिट वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गरेपछि छुट प्राप्त गर्न सक्नेछन् । बैंकले यो सहकार्यले ग्राहकलाई स्वास्थ्य सेवामा सहज पहुँच र विशेष छुट दिलाउनुका साथै डिजिटल भुक्तानी प्रवद्र्धनमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरेको छ ।