गाजामा कुपोषण खतरनाक स्तरमा, अझै बढ्ने चेतावनी

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले गाजामा कुपोषण खतरनाक स्तरमा पुगेको र अझै बढ्ने चेतावनी दिएको छ ।

डब्लुएचओले यो चेतावनी गाजामा हवाई मार्गबाट सहायता सामग्री पुर्‍याउन थालिएपछि दिएको हो । जोर्डनले संयुक्त अरब इमिरेट्स युएईसँग मिलेर आइतबार गाजामा २५ टन सहायता सामग्री खसालेको बताएको छ । यता इजरायलले गाजाका केही क्षेत्रमा हरदिन १० घण्टाका लागि सैन्य अभियान रोक्ने र संयुक्त राष्ट्र ९यूएन० का तर्फबाट सहायता सामग्री पठाउनका लागि करिडोर खोल्ने बताएको छ ।

गाजामा ‘जानीबुझेर भोकमरीको झुटो दाबी’को खण्डन गर्नका लागि यस्तो निर्णय गरेको इजरायलको भनाइ छ । यता हमासले यस विषयमा आफ्नो छवि खराब गर्ने प्रयास गरेको आरोप लगाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *