ज्योति विकासको इन्टरबैंक टेलर क्युआर सेवा सुरु

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले आफ्नो १७औं वार्षिकोत्सवको अवसरमा नयाँ डिजिटल सेवा ‘इन्टरबैंक टेलर क्युआर भुक्तानी सेवा’ सञ्चालनमा ल्याएको छ । यस सेवामार्फत अब ज्योति विकास बैंकमा खाता नभएका ग्राहकले पनि आफ्नो मोबाइल बैंकिङ एप प्रयोग गरेर नगद झिक्न सक्नेछन् । बैंकका अनुसार सेवाग्राहीले जुनसुकै बैंक तथा वित्तीय संस्थाको मोबाइल बैंकिङ्ग सेवा सक्रिय राखेको हुनुपर्छ ।

त्यसपछि ग्राहकले ज्योति विकास बैंकको कुनै पनि शाखामा गएर त्यहाँ रहेको टेलर क्युआर स्क्यान गरेर नगद प्राप्त गर्न सक्छन् । सेवा प्रयोग गर्दा वैध परिचयपत्र अनिवार्य रूपमा प्रस्तुत गर्नुपर्नेछ । एटीएम वा आफ्नै बैंकको शाखा नपुगेको अवस्थामा यो सेवा वैकल्पिक र सुविधाजनक उपाय बन्ने बैंकको विश्वास छ । यसले डिजिटल बैंकिङ प्रयोगकर्ता र टेलर सेवा चाहनेहरूबीचको दूरी घटाउनेछ । ज्योति विकास बैंकले डिजिटल प्रविधिमार्फत पहुँच र सन्तुष्टिमा केन्द्रित सेवा प्रवाह गर्दै आएको र भविष्यमा अझ नवीनतम समाधानहरू ल्याउने प्रतिबद्धता समेत जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *