प्रधानमन्त्री ओली साउन १८ गते तुर्कमेनिस्तान जाने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मध्य एसियाली मुलुक तुर्कमेनिस्तानको भ्रमणमा जाने भएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उनको भ्रमण स्वीकृत गरेको एक मन्त्रीले जानकारी दिए । मन्त्रिपरिषद् स्रोतका अनुसार आगामी साउन १८ गते २३ गतेसम्मका लागि भ्रमण स्वीकृत गरेको हो । भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको तेस्रो सम्मेलन ९एलएलडीसी थ्री० साउन तेस्रो साता तुर्कमेनिस्तानको अभाजामा हुँदैछ । उनी सोही सम्मेलनमा सहभागी हुन त्यसतर्फ जान लागेका हुन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *