फिल्म ‘राम नाम सत्य’मा आयुषसिंह ठकुरीले अभिनय गर्ने

काठमाडौं । माइकल चन्दले निर्देशन गर्ने फिल्म ‘राम नाम सत्य’मा अहिलेका चर्चित कन्टेन्ट क्रिएटर आयुषसिंह ठकुरीले अभिनय गर्ने भएका छन् । उनको यो डेब्यु फिल्म हुनेछ ।

निर्देशक चन्द र निर्माता उपेन्द्र शाहीले ठकुरीसँग कागजी सम्झौता गरेका हुन् । फिल्म साइन गरेपछि आयुषले मिडियासँग भने- ‘मलाई थुप्रै फिल्मको अफर आइरहेको छ । तर, मैले ‘राम नाम सत्य’को कथा सुनेपछि डेब्यू गर्ने निर्णय लिएको हुँ ।’ यो फिल्मको कथा र आफ्नो भूमिका सशक्त रहेको उनले बताए । यो फिल्मको लागि उनले केही महिनादेखि मिहेनत गरिरहेका समेत बताइएको छ ।

निर्देशक चन्दले यसबारे भने- ‘आयुष र हामीबिच काम गर्ने सहमती भएसँगै हामीले उनलाई एक्सनको तालिम पनि दिइरहेका छौं । अब, उनले अभिनयको कोर्स पनि सुरु गर्दैछन् । उनले फिल्मका लागि निकै मिहिनेत गरिरहेका छन् ।’ साउन २९ गतेदेखि छायांकनमा जाने तयारीमा रहेको यो फिल्मलाई एक्सन, सस्पेन्स र प्रेमकथामा तयार पार्ने तयारी निर्माण टिमको रहेको छ ।

यो फिल्ममा यसअघि विराज भट्ट, सुशिल श्रेष्ठ, दिव्या रायमाझी, सुपुष्पा भट्ट, अर्पण थापा, सुनिल थापा, दिनेश डीसी, रवि गिरी अनुबन्धित भैसकेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *