फिल्म ‘सुखदुःख’ मा वरिष्ठ अभिनेत्री मिथिला शर्मा अनुबन्ध
काठमाडौँ । अभिनेत्री तथा निर्मात्री नीता ढुङ्गाना अधिकारीले निर्देशन गर्ने फिल्म ‘सुखदुःख’ मा वरिष्ठ अभिनेत्री मिथिला शर्मा अनुबन्ध भएकी छन् । आइतबार निर्माण पक्ष र अभिनेत्री शर्माबीच कागजी सम्झौता भएको हो।
यसअघि यो फिल्मका लागि चर्चित भारतीय छायाँकार कवीरलाल र शाहिदलाल डिओपीका लागि अनुबन्ध गरिएको थियो । उनीहरूबाहेक यो फिल्मको मुख्य कलाकार को रहने हुन् निर्माण पक्षले खुलाएको छैन । नीताले मुख्य कलाकारबारे पछि जानकारी दिने बताएकी छन् ।
नीता ढुंगानाको डेब्यु निर्देशन रहने फिल्ममा फिल्मको निर्माण व्यवस्थापन शंकर पाण्डेले गर्दै छन् ।‘नीता फिल्म्स’को ब्यानरमा बन्न लागेको यो फिल्म आगामी वर्ष दसैंको फूलपातीमा गरिने निर्माण पक्षले बताएको छ । यो फिल्मको वितरण अधिकार उपत्यकाबाहिर एफडी कम्पनीले लिएको छ भने उपत्यकाभित्र रिच इन्टरटेनमेन्टले लिएको छ ।