मन्त्रिपरिषद् बैठक बस्दै, बैठकले मुख्य रजिष्टार र रजिष्टारको नियुक्ति गर्ने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ६: ३० बजे बस्नेछ।
प्रशासन सिंहदरवार विशेष स्रोतका अनुसार, आजको बैठकले एकजना मुख्य रजिष्टार र एकजना रजिष्टारको नियुक्ति गर्ने तयारी गरेको छ । मुख्य रजिष्टारमा विमल पौडेलको नाम सिफारिस भएको छ । त्यसैगरी रजिष्टारमा मानबहादुर कार्कीको नाम सिफारिस भएको छ ।
बैठकमा दुई वा तीन जना सचिवहरूको बढुवाको सम्भावनासमेत रहेको बताइएको छ ।