सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा बिमल पौडेल सिफारिस

काठमाडौं । सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा बिमल पौडेल सिफारिस भएका छन् । न्याय सेवा आयोगले सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा विमल पौडेललाई नियुक्त गरेको हो ।

आज सोमबार बिहान बसेको आयोगको बैठकले सर्वोच्च अदालतका रजिष्ट्रार पौडेललाई मुख्यरजिष्ट्रार बनाएको हो । ५८ वर्षे उमेर हदका कारण मुख्य रजिस्ट्रार देवेन्द्रराज ढकाल सोमबारदेखि सेवा निवृत्त भएका छन् । ढकाल २०८० पुसमा मुख्य रजिस्ट्रार नियुक्त भएका थिए । त्यस्तै सेवा निवृत्त ढकाललाई आइतबार एक कार्यक्रमको आयोजना गरि बिदाइ गरिएको थियो ।

त्यस्तै न्याय सेवा आयोगले सर्वोच्च अदालतको रजिस्ट्रारमा मानबहादुर कार्कीको बढुवा सिफारिस गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *