अनिकेत लामाले नेपाली फिल्ममा डेब्यु गर्ने
काठमाडौं । भारतीय रियालिटी शो ‘स्प्लिट्सभिल्ला’को पाँचौ सिजनबाट चर्चित अनिकेत लामाले नेपाली फिल्ममा डेब्यु गर्ने पक्का भएको छ ।
निर्देशक मिलन चाम्सले आगामी फिल्म ‘सुम्निमा’को शीर्षमध्येको भूमिकामा भारतको सिलिगुढी निवासी नेपालीभाषी लामालाई अनुबन्धित गरिएको जानकारी दिए । गतवर्ष नै अनिकेतलाई अडिसनमार्फत आफूले फिल्ममा लिइसकेको निर्देशक चाम्सले जानकारी दिए ।
फिल्ममा उनी हिरोको रुपमा देखिने मिलनले बताए । छायांकन अगस्ट तेस्रो साता लण्डनबाट सुरु हुने उनले जनाए । यो लभस्टोरी फिल्ममा यसअघि अनुपविक्रम शाही, कुन्साङ बमजन र उपासनासिंह ठकुरी अनुबन्धित भैसकेका छन् ।