एनजीओ र आइएनजीओहरुमाथि निगरानी बढाउनुपर्छ- प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एनजीओ/आइएनजीओहरुमाथि निगरानी बढाउनुपर्ने बताएका छन् ।

विभिन्न संस्थाहरुले आफ्नो ढंगले पैसा लिएर दुरुपयोग भइरहेको भए त्यसमा राज्य गम्भीर बन्नुपर्ने उनले बताएका हुन् । मंगलबार पार्टीको समाजकल्याण विभागले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले एनजिओ र आइएनजीओका नामबाट रकम अनुदानमा पारदर्शिता आवश्यक रहेको औंल्याएका छन् ।

राजनीतिक रूपले पनि माओवादीको इतिहास मेटाउन एउटा वर्ग सक्रिय भएर लागिरहेको बताए । ‘एउटा वर्ग र तप्क न्वारनदेखिको बल लगाइरहेका छन् । माओवादीले गरेका राम्रा कामलाई राम्रो भन्न र स्थापित गर्न त्यस्ता तत्त्वहरू सक्रिय छन्,’ उनले भने ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *