जनशक्ति अभावले स्वास्थ्य क्षेत्र जर्जर

काठमाडौं । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले देशभरका अस्पतालमा चरम जनशक्ति अभाव रहेको भन्दै सरकारको निर्णयप्रति असन्तोष व्यक्त गरेका छन्।

काठमाडौँमा आयोजित एक कार्यक्रममा मन्त्री पौडेलले आफूले तीन पटक जनशक्ति थप्ने प्रस्ताव अघि सारेपनि मन्त्रिपरिषद्ले कुनैपनि स्वीकृति नदिएको गुनासो गरे। उनका अनुसार हाल देशभरका संघीय अस्पतालमा जम्मा २,६०० जना कर्मचारी मात्र कार्यरत छन्, उपत्यका बाहिरको अवस्थाले झन् चिन्ता बढाएको छ। २०४८ सालदेखि मन्त्रालयमा दरबन्दीको संगठन तथा व्यवस्थापन (ओएनएम) स्वीकृत नभएको उल्लेख गर्दै उनले जनशक्ति अभावले आपतकालीन अवस्थामा सेवा दिनसमेत चुनौती हुने बताए।

स्वास्थ्य मन्त्रालयले गरेको ओएनएम सर्वेक्षणअनुसार हाल देशभर झण्डै ९० हजार जनशक्ति आवश्यक परेको प्रक्षेपण गरिएको छ। त्यसअनुसार ३० हजार जनशक्ति तत्काल आवश्यक भए पनि मन्त्रिपरिषद्ले प्रस्ताव अड्काइदिएको मन्त्री पौडेलको भनाइ छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *