बहादुरसिंह लामाले संसदीय दलमा गुमाए विश्वास
काठमाडौँ । बागमती प्रदेशअन्तर्गत नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले संसदीय दलमा विश्वास गुमाएका छन्।
संसदीय दलमा आज (मंगलबार) भएको मत विभाजनमा लामाको पक्षमा १५ मत मात्रै परेको छ । दलको नयाँ नेताका लागि प्रस्ताव गरिएका इन्द्रबहादुर बानियाँको पक्षमा २२ मत परेको पूर्वमन्त्री समेत रहेका सांसद सुरजचन्द्र लामिछानेले जानकारी दिए । यससँगै संसदीय दलको नेताबाट लामाले विश्वास गुमाएका छन् ।
बागमती प्रदेश सरकारको मुख्यमन्त्रीसमेत रहेका लामालाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न नैतिक दबाब बढेको छ । संसदीय दलको नेताबाट आउट भएसँगै अब उनले मुख्यमन्त्री पद पनि छोड्नु पर्नेछ । अब बागमतीको नयाँ मुख्यमन्त्री काँग्रेसकै इन्द्रबहादुर बानियाँ बन्नेछन् ।