सर्वोच्चका मुख्य रजिस्ट्रार र रजिस्ट्रारले गरे पदबहाली

काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार र रजिस्ट्रारले मंगलबार पदबहाली गरेका छन् ।

मुख्य रजिस्ट्रार विमल पौडेल र रजिस्ट्रार मानबहादुर कार्कीले पदबहाली गरेका हुन् । यसअघिका मुख्य रजिस्ट्रार देवेन्द्रराज ढकाल ५८ वर्षे उमेर हदका कारण आइतबार अनिवार्य अवकाशमा गएका थिए । मुख्य रजिस्ट्रार ढकालको अवकाशपछि रिक्त पदमा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा बसेको न्याय सेवा आयोगको बैठकले रजिस्ट्रार पौडेललाई मुख्य रजिस्ट्रारमा र सहरजिस्ट्रार मानबहादुर कार्कीलाई बढुवा गर्न सिफारिस गरेको थियो ।

सोमबार नै बसेको मन्त्रिपरिषद् बैठकले उक्त सिफारिसबमोजिम निर्णय गरेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *