एनआईसी एशिया बैंकका ग्राहकलाई लेमोन ट्रि प्रिमियर, बुढानीलकण्ठमा डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट
काठमाण्डौं । एन आई सी एशिया बैंक र बुढानीलकण्ठ हेरिटेज लिमिटेडबीच बैंकका ग्राहकमहानुभावहरुलाई लेमोन ट्री प्रिमियर, बुढानीलकण्ठमा सेवालिँदा विशेष छुट उपलब्ध गराउने विषयमा सम्झौता सम्पन्न भएको छ । सम्झौतापछि यस बैंकका ग्राहकमहानुभावहरुले लेमोन ट्री प्रिमियर, बुढानीलकण्ठमा सेवा लिई डिजिटल भुक्तानीगर्दा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नु हुनेछ । ग्राहकमहानुभावहरुले उक्त होटलको आवास सेवा, खाना तथा पेय पदार्थमा १५ प्रतिशत र स्पा सेवामा २० प्रतिशतको विशेष छुट सुविधा उपभोग गर्न सक्नु हुनेछ ।
उक्त सम्झौतापत्रमा बैंककातर्फबाट डिजिटल पेमेन्ट इकोसिस्टम प्रमुख बिमल लम्साल र बुढानीलकण्ठ हेरिटेज लिमिटेडका तर्फबाट जनरल म्यानेजर मनोज कुमार थापाले हस्ताक्षर गर्नु भएको छ । यस सुविधाको उपभोग गर्न ग्राहकमहानुभावहरुले यस बैंकको डेबिट कार्ड,क्रेडिट कार्ड वाप्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ । बुढानीलकण्ठ हेरिटेज लिमिटेडसँगको यस सहकार्यले ग्राहकमहानुभावहरुलाई विशेष छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।