कम्बोडियाले युद्धविरामको उल्लङ्घन गरेको थाइल्यान्डको आरोप

काठमाडौँ । थाइल्यान्डले बुधबार कम्बोडियालाई सीमापार लडाइँ अन्त्य गर्न युद्धविराम सम्झौताको ‘स्पष्ट उल्लङ्घन’ गरेको आरोप लगाउँदै कम्बोडियाको सेनाले सीमामा राति आक्रमण गरेको बताएको छ ।

पाँच दिनको झडपमा दुवैतर्फ कम्तीमा ४३ जनाको मृत्यु भएपछि दुवै देशले मङ्गलबारदेखि युद्धविरामको सहमति गरेका थिए । विवादित सीमावर्ती मन्दिरहरूको दीर्घकालीन विवादले तिनीहरूको आठ सय किलोमिटर (पाँच सय माइल) सीमामा खुला युद्धमा परिणत भएको थियो । तर थाइल्यान्डको विदेश मन्त्रालयले बुधबार बिहानसम्म जारी रहेको आक्रमणमा सिसाकेट प्रान्तमा आफ्ना सेनाहरू ‘कम्बोडियाली सेनाहरूले सुरु गरेको सानो हतियारको गोली र ग्रेनेड आक्रमणको सिकार भएको’ बताएको छ ।

“यो युद्धविराम सम्झौताको स्पष्ट उल्लङ्घन हो”, विदेश मन्त्रालयको एक विज्ञप्तिमा भनिएको छ । थाई सरकारका प्रवक्ता जिरायु हुआङ्गसाबले पनि राति झडप भएको रिपोर्ट गर्नुभयो । तर एक विज्ञप्तिमा उहाँले भन्नुभयो, “थाई पक्षले स्थिति नियन्त्रणमा राखेको छ र बिहान ८ः०० बजे (०१०० जिएमटी) देखि सीमामा अवस्था सामान्य भएको रिपोर्ट गरिएको छ ।”

कम्बोडियाले पहिले युद्धविराम तोडेको अस्वीकार गरेको छ । युद्धविरामको उद्देश्य दुई देशले सीमावर्ती क्षेत्रबाट तीन लाखभन्दा बढी मानिसलाई विस्थापित गरिसकेको लडाइँ समाप्त गर्नु थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हस्तक्षेपपछि मलेसियामा शान्ति सम्झौता गरिएको थियो । थाइल्यान्ड र कम्बोडिया दुवैले भारी भन्सार शुल्कको धम्कीलाई टार्न व्यापारिक सम्झौताको लागि ट्रम्पलाई मनाउन खोजिरहेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *