सरकारलाई दोष लाउने भन्दा पनि सहकार्य गरेर अगाडि बढ्नुपर्ने छः अध्यक्ष मल्ल
काठमाण्डौं । बागमती प्रोस्कूनको ५ औं बार्षिकोत्वस तथा ६ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमको प्रमुख अतिथिको रुपमा बोल्दै राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लले सरकारलाई दोष लाउने भन्दा पनि सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताएकी छिन् । सरकारसँग जोरी खोज्ने भन्दा पनि कनभिन्स गरेर सहकारीमैत्री ऐन कानुन तथा संरचना ल्याउनु पर्ने उनको धारणा छ । उनले सरकारलाई दोष लगाएर उसँग जोरी खोजेर कोही माथी नपुग्ने भन्दै उनले शाखा अधिकृतले चाहे भने ऐनलाई नै तलमाथि गर्न सक्ने बताइन् । अहिले सहकारी ऐनमा भएका केही व्यवस्थाहरु कार्यान्वयनमा आएको भन्दै उनले मन्त्रीसँग टियुनिङ मिलेका नै त्यो भएको बताइन् । एकले अर्कालाई दोष लगाउने भन्दा पनि अभियान एकै ठाउँमा बसेर समस्या समाधानको लागि छलफल गर्न उनले आग्रह गरिन् । सहकारी ऐन नियममा टेकेर अभियान सञ्चालन हुँदाहुँदै पनि सरकारले हस्तक्षेप गरे खवदारी गर्न महासंघ सधै तयार रहेको उनको भनाई छ । संघ संस्थालाई सुशासनमा सञ्चालन गर्न आवश्यक रहेको भदै अध्यक्ष मल्लले महासंघले संघहरुमा गएर अनुगमन गर भनेर भनेको हो र भन्दै प्रश्न गरिन् । एक प्रतिशत सहकारीले गरेको गल्तीका कारण सरकार अभियानभित्र खोतल्न आएको उनको तर्क छ । सहकारीलाई स्वयतत्तामा मात्र छाड्न नहुने र अनुगमनको दायरामा ल्याउनुपर्ने रहेछ भन्ने महशुश सरकारले नै गरेको उनको बुझाई छ । सरकारलाई कनभिन्स गरेकै कारण कर्जा असुली न्यायाधिकरण, सहकारी प्राधिकरण ,कर्जा सूचना केन्द्र जस्ता निकायहरु गठन भएको अध्यक्ष मल्लले बताइन् । एकले अर्कालाई दोषारोपण गर्ने भन्दा पनि हामी कहाँ चुक्यौ भनेर समिक्षा गर्न उनको आग्रह छ । समग्र सहकारी अभियानको नेतृत्व लिन महासंघ तयार रहेको उनले उल्लेख गरिन् । महासंघ सहकारी अभियानको नेतृत्व लिन सधै तयार बताउँदै उनले हरेक समस्याको समाधान एकद्धार प्रणालीबाट खोज्नुपर्ने बताइन् । उनले प्रश्न गरिन्‘ तपाईहरु एकद्धार प्रणालीबाट जानुभएको छ त ? सकेजति आफु गर्ने र नसकेपछि महासंघलाई गुहारने प्रवृति गलत हो । महासंघका वरिष्ठ उपाध्यक्षको संयोजकत्वमा सहकारी प्राधिकरणद्वारा जारी निर्देशन तथा मापदण्ड संशोधनको लागि समिति गठन गरेको र राष्ट्र बैंक, मन्त्री, प्रधानमन्त्री तथा हरेक निकायका उच्च पदस्थलाई भेट्न आफु समेत गएको छु । महासंघले तपाईहरुलाई लिएर कहाँ गएको छैन् रु सबै कुरा लविङ गरेर मात्र आउछ भन्ने छैन । अहिलेको समस्यामा आउनुमा महासंघ दोषी होइन् ।’ ‘हामीले संघसंस्थालाई सहकारी मूल्य, मान्यता र सिद्धान्त अनुसार सञ्चालन गर्न सकेका छौ त भन्दै उनले थपिन,‘सहकारी ऐन नियममा बसेर संस्था सञ्चालन गरेको भए आजको अवस्था आउँर्दैन थियो । अभियानको तर्फबाट मम भन्न आवश्यक छ ।’ सहकारीको विरुद्धमा अभियानभित्रबाट कसैले भूमिका खेलेको छ भने उसलाई समाजको अगाडि नग्याउन तयार हुनुपर्ने समेत सो अवसरमा उनले बताइन् । सहकारीमा एकता नहुँदा अभियान कमजोर भएर गएको उनले सुनाइन् । सहकारी कल्चरमा एकले अर्कालाई सम्मान गर्ने परिपाटी विश्वमा रहेको भन्दै अध्यक्ष मल्लले हामी कहाँ एकले अर्काको खुट्टा तान्ने प्रवृति बढेर गएको बताइन् । हालै मात्र भारतको सहकारी भ्रमण गरेको जानकारी दिँदै उनले इफ्कोले उत्पादन गरेको मल विश्वको ७३ देशमा निर्यात हुने गरेको सुनाइन् । अमेरिका, अफ्रिका जस्ता देशमा भारतको प्रारम्भिक सहकारीले उत्पादन गरेको मल जाने गरेको र भारतमा पनि ठुलो हिंसा सहकारी रहेको उल्लेख गरिन् । भारत सरकारले सहकारीलाई निर्यातको अनुमति दिनुका साथै अर्गानिक र विउ उत्पादक सहकारीले राम्रो काम गरेको भन्दै नेपालमा पनि सहकारी मार्फत थुप्रै काम गर्न सकिने उनले जनाइन् । सहकारीलाई नियमन गर्न आवश्यक रहेको तर ७६१ तहबाट सहकारी अनुगमन गर्दा प्रभावकारी नहुने उनको तर्क छ । बचत ऋणको कारोबार गर्ने संघहरुलाई एकै चोटी घाटी न्याक्न नहुने र छलफल गरेर मात्र यो कुराको निर्णय गर्न उनको आग्रह छ । संघहरुले सहकारी ऐन २०४८ लाई टेकेर बचत ऋणको कारोबार गर्न थालेको भन्दै आजको भोली नै बचत ऋणको कारोबार गर्न पाउँदैनस् भन्नु अन्याय हुने उनको भनाई छ । संघहरुले गरेको कारोबारलाई सुरक्षित रुपले अवतरण गर्न वातावरण बनाउनुपर्ने भन्दै उनले संघहरुको लागि मात्रै छुट्टै मापदण्ड र निर्देशन बनाएर भए पनि बचत ऋणको कारोबार गर्न दिन माग गरिन् । सहकारीहरु अनुशासन सञ्चालन भए अनुगमन गर्दा के समस्या आउँछ भन्दै उनले अनुगमनको विरोध गर्न नहुने जनाइन् । कानुन पालना गरेर संस्था सञ्चालन गरेको भए अनुगमनले कुनै अप्ठ्यारो नपार्ने उनको भनाई छ ।