कामना सेवा विकास बैंकमा जागिर खुल्यो
काठमाडौं । कामना सेवा विकास बैंकमा ६ पदका लागि जागिर खुलेको छ । बैंकले एक सूचना निकाल्दै चार्टड एकाउन्टेन्ट, सेमि क्वालिफाइड चार्टड एकाउन्टेन्ट, इन्फमेसन सेक्युरिटी डिपार्टमेन्ट, आईटी डिपार्टमेन्ट, ब्रान्च म्यानेजर र एसिस्टेन्ट रिलेसनसिप म्यानेजर पदका लागि दरखास्त आह्वान गरेको हो ।
हरेक पदमा केहीको संख्यामा पदपूर्ति गरिने बैंकले जनाएको छ । योग्यता पुगेका इच्छुक आवेदकले साउन ३० गतेसम्म अनलाइन मार्फत आवेदन दिन सक्ने बैंकले निकालेको सुचनामा उल्लेख छ । जसअनुसार एसिस्टेन्ट लेभलमा आवेदन दिनका लागि उमेर ३० वर्षभन्दा कम भएको हुनुपर्नेछ भने अफिसर लेभलको लागि ३५ वर्षभन्दा कम उमेरको हुनुपर्नेछ ।
