जन्मदिनमा छोरालाई रिलायबल नेपाल लाइफको बीमा पोलिसी उपहार
काठमाडौं । पछिल्लो समय विभिन्न चाडपर्व र उत्सव आदिमा जिन्सी, सामान, गहना लगायतका महंगा उपहार दिनुको सट्टा बीमा पोलिसी दिने प्रचलन बढ्दै गइरहेको छ। यसैक्रममा कञ्चनपुर पुनर्बास नगरपालिका–८ बस्ने दल बहादुर धामीले छोराको जन्मदिनको अवसर पारेर बीमा पोलिसी खरिद गरेका छन । उनले रिलायबल नेपाल लाइफ इन्स्योरेन्सबाट उक्त पोलिसी खरिद गरेका हुन् । उनी आइबिआरडिका सिनियए एजेन्सी म्यानेजर हुन् । उनले यसैगरी आफ्ना आफन्त साथीभाइहरुलाइ पनि जन्मदिन पास्नी विवाह जस्ता बिशेष दिनमा पोलिसी बिक्री गर्दै आएका छन् ।
उनले १० लाख बीमाङ्कको शुलभ जिवन बीमा पोलिसि खरिद गरेकां हुन् । छोराको जन्मदिनको उत्सव पारेर सुरुक्षित भविष्यको लागि छोरालाई सप्राइज गिफ्ट प्रदान छोराको भविष्य सुरुक्षित सङ्गसङ्गै बचतका लागि भन्दै सो बीमा पोलिसि लिएका हुन् । उक्त बीमालेख कम्पनिको आइबिआरडी शाखाका मार्केटिङ स्टाफ अनिता चन्द, सिनियर एजेन्सी म्यानेजर लक्ष्मी भाट क्षेत्री र आफू स्वयम उपस्तिथिमै संयुक्त रुपमा आमा कमला धामीलाई मनले चिताएको कार्यलाई साकार पार्नु भएकोमा बधाई दिदै बीमालेख हस्तान्तरण गरेका थिए।