सुनको मूल्य घट्यो
काठमाडौं । नेपाली बजारमा शुक्रबार (आज) सुनको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका आज सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले घटेको हो । बिहीबार प्रतितोला १ लाख ९३ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाला सुन, आज ५०० रुपैयाँले घटेर १ लाख ९३ हजार १०० रुपैयाँमा कारोबार भईरहेको छ ।
यस्तै, चाँदीको मूल्य ३५ रुपैयाँले घटेर प्रतितोला २२३५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ।