जिल्ला सहकारी सघं काभ्रेले गर्यो वार्षिक समिक्षा
बनेपा । जिल्ला सहकारी संघ लि.काभ्रेको आर्थिक वर्ष ०८१।०८२ को वार्षिक समिक्षा तथा २०८२।०८३ को नीति योजना कार्यक्रम तथा बजेट प्रस्तुतीकरण कार्यक्रम गरेको छ । सघंका अध्यक्ष अमन पोटेको अध्यक्षमा भएको उक्त कार्यक्रममा संञ्चालक समिती, लेखा सुपरिवेक्षण समिती, सल्लाहकारहरु, बिभिन्न उपसमिती र कर्मचारीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा संघले आयोजना गरेको गतिबिधि एवं क्रियाकलाप तथा बित्तिय जानकारी गराईएको थियो भने प्रगती बिवरण र चालु आर्थिक वर्षको निती, योजना, कार्यक्रम तथा बजेटको प्रस्तुतीकरण संघका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार श्रेष्ठले प्रस्तुत गरेका थिए । समिक्षा कार्यक्रममा राष्ट्रिय सहकारी नियमन प्रधिकरणबाट जारी मापदण्ड त्यसले पार्ने असहज परिस्थितको बिषयमा छलफल हुनुका साथै आवश्यक संशोधन र परिमार्जनको लागि पहल गरिने बताईएको छ । कार्यक्रम संञ्चालन संघका सचिब प्रकाश बञ्जाराले गरेका थिए भने स्वागत मन्तब्य उपाध्यक्ष शन्ति लामा तामाङले राखेकी थिईन् ।