सङ्घीय लोकतान्त्रिक मोर्चाको जनजागरण अभियान

काठमाडौँ । सङ्घीय लोकतान्त्रिक मोर्चाको जनजागरण अभियान आजदेखि सुरु हुने भएको छ । ‘वर्तमान राजनीतिक अवस्थाबारे जनजागरण अभियान’ काठमाडौँ कालिकास्थानमा हुन लागेको जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् ।

मधेस केन्द्रित ७ दलको मोर्चाले काठमाडौँ, भैरहवा, नेपालगञ्ज, कैलाली, विराटनगर, राजविराज, जनकपुर र वीरगन्जमा जनजागरण अभियान गर्न लागेको छ । कार्यक्रममा मोर्चाका शीर्ष नेताहरूले सङ्घीय लोकतान्त्रिक मोर्चा गठनको आवश्यकता र औचित्यबारे प्रस्ट पार्ने बस्नेतले बताए । कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउन मोर्चा सम्बद्ध दलहरू आवश्यक तयारीमा जुटेको र जसपा नेपालले ८ स्थानको कार्यक्रममा सहभागी हुने नेताहरूको टुङ्गो समेत लगाइसकेको बस्नेतले बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *